राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा भारतीय राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजदूत श्रीवास्तवले नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो कार्यकाल पूरा गरेका हुन् ।