मोटरसाइकल दुर्घटनामा परी पूर्वसांसद लेखनाथ दाहाल घाइते
मोटरसाइकल दुर्घटनामा पूर्वसांसद लेखनाथ दाहाल घाइते
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।
पार्टीको कामका सिलसिलामा आज सिन्धुलीको मरिण गाउँपालिका जाने क्रममा दाहाल दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएका उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
दाहालको दाहिने हातमा शल्यक्रिया गरिएको र उनको अवस्था खतरामुक्त रहेको नेपाली कम्युनिष्ट पार्टीका जिल्ला सहसंयोजक एवं गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।
दाहालसँगै मोटरसाइकलमा रहेका सोही पार्टीका मरिण गाउँपालिका इन्चार्ज पदम अस्थानी मगर पनि दुर्घटनामा घाइते भएका छन् । उनको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको जनाइएको छ ।