स्थानीय बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो
काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. २,२०० ले बढेर रु. २,९६,९०० पुगेको छ। यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु. ८५ ले घट्दै रु. ४,९६० कायम भएको छ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला रु. २,९४,७०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य रु. ४,८७५ थियो। गत बुधबार भने सुन प्रतितोला रु. २,९९,००० र चाँदी रु. ५,०२५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन करिब ५,३०० अमेरिकी डलर र चाँदी करिब ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि मूल्यमा दैनिक परिवर्तन भइरहेको छ।