सुनको भाउ प्रतितोला १ हजार ६ सयले बढ्यो, चाँदी घट्यो
काठमाडौं — मंगलबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो।
यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउ भने प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा परिवर्तन भइरहेको छ।