नेपाली बजारमा सुनको मूल्य एकैदिन १४ हजार ६०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं, चैत २५ — नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। पछिल्ला केही दिन लगातार घट्दै आएको सुनको मूल्य बुधबार भने उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार छापावाल सुनको मूल्य एकैदिन तोलामा १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ, जुन मंगलबार २ लाख ३४ हजार ८२५ रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। साथै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम गरिएको छ।
बजारमा मूल्यमा आएको यो उतारचढावले उपभोक्ता तथा व्यवसायी दुवैमा प्रभाव पार्ने देखिएको छ।