सुनचाँदीको मूल्यमा लगातार गिरावट, प्रतितोला सुन चार हजार ६०० ले सस्तियो
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी पनि १५० रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९२० रुपैयाँमा कायम थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार ४३४ अमेरिकी डलर र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।