सुनचाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलामै ६ हजार ७०० रुपैयाँले महँगियो
काठमाडौँ — नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार भने चाँदीको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँ कायम रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।