नेप्से २७.५९ अङ्कले घट्यो, सबै समूह राताम्मे
काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ। नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ बिन्दुमा कायम भएको छ, जुन एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो।
आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँ पुगेको छ।
आज सबै समूहका उपसूचक रातो देखिएका छन्। बैंकिङ ०.५२, विकास बैंक १.४१, वित्त ०.५६, होटल तथा पर्यटन १.०९, जलविद्युत् १.८१, लगानी ०.९४ र जीवन बिमा ०.७३ प्रतिशतले घटेका छन्। त्यसैगरी उत्पादन तथा प्रशोधन १.०२, लघुवित्त ०.४८, म्युचुअल फण्ड ०.२२, निर्जीवन बिमा ०.४२, व्यापार ३.५९ र अन्य समूह ०.८५ प्रतिशतले ओरालो लागेका छन्।
आज सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ८.९२ प्रतिशतले घटेको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीको ६३ करोड ४२ लाख ४० हजार १०१ रुपैयाँ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ।