स्थानीय बजारमा सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो
आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदी पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो बिहीबार पनि छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ नै थियो भने चाँदीको मूल्य पाँच हजार ६० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ९९२ अमेरिकी डलर र एक औंस चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।