नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।