नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी सामान्य घट्यो
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको हो।
आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ रहेको थियो।
यता, चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।