नेप्सेमा सामान्य गिरावट, कारोबार ८ अर्ब ६९ करोड नाघ्यो
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो गिरावट देखिएको छ। नेप्से शून्य दशमलव ०४ अंकले घटेर दुई हजार ६६२ दशमलव ०९ बिन्दुमा कायम भएको हो।
आज ३२९ कम्पनीको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक किनबेच हुँदा कुल ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
समूहगत उपसूचकतर्फ बैंकिङ (०.१०%), विकास बैंक (०.१८%), जलविद्युत् (०.४७%), लगानी (०.०७%) र निर्जीवन बीमा (०.०८%) समूहमा सामान्य वृद्धि देखिएको छ। अन्य सबै समूह भने घटेका छन्। वित्त समूह ०.२५%, होटल तथा पर्यटन ०.६३%, जीवन बीमा ०.२३%, उत्पादन तथा प्रशोधन ०.४६%, लघुवित्त ०.०६%, म्युचुअल फन्ड ०.३६%, व्यापार ०.२३% र अन्य समूह ०.२४% ले घटेका छन्।
आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.६७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा सुपर माई हाइड्रोपावर लिमिटेड रहेको छ, जसको शेयर मूल्य ६.३९ प्रतिशतले घटेको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा रिदी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। सो कम्पनीको ६५ करोड ४७ लाख ६६ हजार ५७२ रुपैयाँ बराबरको २० लाख ३० हजार ९४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।