सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा १,५०० रुपैयाँले सस्तो
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४,९२० अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।