स्थानीय बजारमा सुन–चाँदीको मूल्य बढ्यो
आज स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बुधबारको तुलनामा सुनको मूल्य प्रति तोला ६०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो।
आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ७२५ रुपैयाँ पुगेको छ। हिजो बुधबार सुनको मूल्य ३ लाख १४ हजार ८०० र चाँदी ५ हजार ५८५ रुपैयाँ थियो।
गत सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५०० र चाँदी ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य एक औँस ५ हजार १९० अमेरिकी डलर र चाँदीको मूल्य एक औँस ९१ अमेरिकी डलर रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।