सुन ३,२०० र चाँदी १७० रुपैयाँले बढ्यो
काठमाडौं, ११ फागुन – सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको नयाँ मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य ३ लाख १० हजार ३ सय रुपैयाँ थियो।
सुनको भाउ माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य ५ हजार ४२५ रुपैयाँ थियो। चाँदीको मूल्य माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।