नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्डमा, चाँदीको मूल्य पनि उच्च
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो। यसरी बुधवार मात्र मूल्यमा उल्लेख्य वृद्धि आएको हो। आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ।
यसैबीच, चाँदीको मूल्य पनि बढेर ७ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम थियो। महासंघले आज कायम भएको सुन र चाँदीको मूल्य हालसम्मकै उच्च रहेको बताएको छ।