सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी पनि महँगियो
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार १७५ रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँ तथा १० ग्रामको ५ हजार ८९० रुपैयाँ तोकिएको छ।
यसअघि सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ र चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।