नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ रहेको छापावाल सुन मंगलबार बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम रहेको चाँदी मंगलबार तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावका कारण सुनचाँदीको मूल्यमा परिवर्तन आएको हो।