लिबियाका सैन्य प्रमुख अल–हद्दाद विमान दुर्घटनामा मृत्यु
९ पुस, काठमाडौं — लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ ।
लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले अल–हद्दादको मृत्यु पुष्टि गरेका हुन् । उनीसहित अन्य चार जना मंगलबार बेलुकी अंकाराबाट उडान भरेको फाल्कन–५० विमान दुर्घटनामा परेका थिए ।
दुर्घटनाग्रस्त विमानको भग्नावशेष अंकाराको दक्षिण–पश्चिम क्षेत्रमा फेला परेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।