बझाङमा जिप दुर्घटना, विवरण आउन बाँकी
काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा शनिबार जिप दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार दुर्घटना शनिबार करिब डेढ घण्टाअघि भएको हो।
दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। जिपको नम्बर, सवार यात्रुको संख्या तथा मानवीय क्षतिसम्बन्धी विवरण भने अहिलेसम्म प्राप्त नभएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको जनाएको छ।