बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको उपचारकै क्रममा मृत्यु
काठमाडौं । काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार राउतले आज बिहान आफ्नै घरको भान्सामा गएर शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो।
उपचारमा संलग्न डाक्टर पियुष दाहालका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। गम्भीर अवस्थाका कारण उपचारकै क्रममा उनको केही समयअघि निधन भएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।