गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र गणेश नेपालीलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। प्रदर्शनमा मुगुका पूर्व दलित सभासद, फिल्म निर्देशक मिनभान बानलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
प्रदर्शनका क्रममा सहभागीहरू सडकतर्फ अघि बढ्न खोजेपछि नेपाल प्रहरीले रोक्ने प्रयास गर्दा केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो। त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रहेको थियो।
गणेश नेपालीले केही दिनअघि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको निधन भएपछि घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका आफन्त तथा समर्थकहरूले निरन्तर आन्दोलन गरिरहेका छन्।