निर्वाचन आयोगद्वारा दर्ता भएका दलहरूलाई २० बुँदे निर्देशन
काठमाडौँ। निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन जारी गरेको छ। आयोगले समावेशी समानुपातिक प्रतिनिधित्व कायम राख्दै निर्वाचनमा सुशासन सुनिश्चित गर्न निर्देशन दिएको हो।
निर्देशनअनुसार, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता कायम रहेका सबै दलहरूले चुनावी तयारी गर्नु पर्नेछ। साथै, समानुपातिक प्रणालीमा महिला समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिदा महिला उम्मेदवारको संख्या एकतिहाईभन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्ने आयोगले उल्लेख गरेको छ।
निर्वाचन आयोगको यो निर्देशनले दलहरूलाई संविधान र कानुनअनुसार समानुपातिक, समावेशी र पारदर्शी निर्वाचन सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ।