सुन–चाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुन प्रतितोला २ लाख ६१ हजार नाघ्यो
स्थानीय बजारमा सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको कारोबारमा दुवै धातुको मूल्यमा उल्लेखनीय वृद्धि भएसँगै नयाँ रेकर्ड कायम भएको हो।
आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ। यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।
यस्तै चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ। आज चाँदीको मूल्य तोलामा १३० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ। महासंघका अनुसार यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव तथा लगानीकर्ताको आकर्षण सुरक्षित लगानीतर्फ बढ्नुले स्थानीय बजारमा पनि सुन–चाँदीको मूल्य बढेको व्यवसायीहरूको भनाइ छ।