कांग्रेस नेता कृष्ण यादवले मधेसमा मुख्यमन्त्री दाबी गरे पेस
काठमाडौँ, ५ मंसिर – नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।
यादवले ७७ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।
आज मात्रै सात दलबिच – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा लगायतका दलहरूबीच कांग्रेस नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो।
यस कदमसँगै मधेस प्रदेशमा सरकार गठनको प्रक्रिया तीव्र रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ।