स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार उच्च बिन्दुमा
काठमाडौं – पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ। आज पनि दुवै धातुको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २,६९,३०० र चाँदीको मूल्य रु ४,५८५ कायम भएको छ। यो दुवै धातुको हालसम्मको उच्च मूल्य हो।
गत बुधबार सुन प्रतितोला रु २,६८,१०० र चाँदी रु ४,४२० मा कारोबार भएको थियो भने बिहीबार सामान्य गिरावट आएर सुन रु २,६७,५०० र चाँदी रु ४,४०० मा कारोबार भएको थियो।
विश्लेषकहरूले अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि वृद्धि भएको बताएका छन्।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ४,५०० अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलर**मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।