सुन–चाँदीको मूल्यमा ठुलो घटबढ
काठमाडौं — मङ्गलबार सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घटेर २ लाख ६२ हजार १०० रुपैयाँ प्रतितोला पुगेको छ। सोमबार सुनको मूल्य २ लाख ७० हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेर ४,५९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी ४,८९५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य घटबढको जानकारी दिएका छन्।