दुर्गा प्रसाईँ थुनामुक्त : सर्वोच्च अदालतको आदेश पछि रिहा
७ मंसिर, काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थुनामुक्त भएका छन्। सर्वोच्च अदालतले आइतबार प्रसाईँलाई हिरासतबाट तत्काल रिहा गर्न आदेश दिएको हो।
प्रसाईँका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण (हाबियस कार्पस) रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले थुनामा राख्न पर्याप्त कानुनी आधार नदेखिएको निष्कर्ष निकालेको थियो। त्यसपछि अदालतले उनलाई तुरुन्तै मुक्त गर्न आदेश दिएको हो।
अदालतको आदेश जारी भएपछि प्रसाईँ हिरासतबाट बाहिरिएका छन्।