सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौँ — नेपाली बजारमा सोमबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेर २ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको हो। अघिल्लो दिन यो मूल्य २ लाख ३८ हजार ६०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा ३ हजार ६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्यमा निरन्तर उतार–चढाव देखिँदै आएको छ, जसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।