सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो
काठमाडौं, मंसिर ९ — सिंहदरबार परिसरमा प्रवेश प्रयास गरिरहेका जेनजी समूहलाई प्रहरीले हटाएको छ।
मंगलबार दिउँसो एक समूह सिंहदरबारको निषेधित क्षेत्रतर्फ अगाडि बढेपछि सुरक्षामा खटिएको प्रहरीले उनीहरूलाई रोक्दै पछाडि फर्काइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार समूहले निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेकाले सुरक्षा संवेदनशीलता कायम राख्दै नियन्त्रण गरिएको हो।
यसअघि पनि प्रहरीले सो समूहलाई अनामनगरस्थित भाटभटेनी क्षेत्रबाट परसम्म धकेलेर हटाएको थियो।
प्रहरीका अनुसार परिस्थितिलाई थप संवेदनशील हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको छ।