यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ २६ पैसा र बिक्री दर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ०७ पैसा र बिक्री दर १६३ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८६ रुपैयाँ ७३ पैसा र बिक्री दर १८७ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७६ रुपैयाँ २७ पैसा र बिक्री दर १७७ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३६ पैसा र बिक्री दर ९१ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ २१ पैसा र बिक्री दर १०० रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ र बिक्री दर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ १८ पैसा र बिक्री दर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्री दर १९ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्री दर ३८ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्री दर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ १९ पैसा र बिक्री दर ३८ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्री दर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ८३ पैसा र बिक्री दर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ०५ पैसा र बिक्री दर १८ रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिद दर ४५७ रुपैयाँ ५० पैसा र बिक्री दर ४५९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिद दर ३७२ रुपैयाँ ०४ पैसा र बिक्री दर ३७३ रुपैयाँ ६३ पैसा , ओमनी रियाल एकको खरिद दर ३६४ रुपैयाँ ३० पैसा र बिक्री दर ३६५ रुपैयाँ ८६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।