विदेशी मुद्राको विनिमय दर आज कति छ त ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
लगातार बढेको बेलायती पाउण्डको खरिदले १ सय ७० नाघ्दा र बिक्री दर १ सय ७१ दशमलव ५० रुपैयाँ पुगेको हो । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर स्थिर रहेको छ ।
कतारी रियालको खरिद दर स्थित छ भने बिक्री दर घटेको हो । त्यस्तै, सोमबारका लागि यूरोको विनिमयदर सामान्य अंकमा बढेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८८ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ १० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ७० रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ७१ रुपैयाँ ५० पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।