विदेशी मुद्राको विनिमय दर आज कति होला त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर बढ्दा यूरो सामान्य घटेको हो । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय ३४ रुपैयाँ ०१ पैसा पुगेको छ।
यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ८३ पैसा रहेको हो। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ७३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको हो।