विदेशी मुद्राको विनिमय दर आज कति होला त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७० पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ६४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ७० रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ७१ रुपैयाँ ०८ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।