युक्रेनलाई थप साढे २२ करोड डलरको सुरक्षा सहायता दिने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायता दिने घोषणा गर्नुभएको छ ।
पेरिसमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भएको भेटमा उहाँले अमेरिका सधै युक्रेनसँगै रहेको बताउँदै सहयोगको घोषणा गर्नुभएको हो । अमेरिकी रक्षा विभागले नयाँ सहायता प्याकेजमा गोलाबारुद र विमान विरोधी मिसाइलहरू समावेश हुने जनाएको छ।
सुरक्षा प्याकेजमा युक्रेनलाई सबै भन्दा आवश्यक युद्ध क्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने विभागले बताएको हो। यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी र १०५ मिमी तोपखाना राउण्ड रहेका हुन्।
उत्तरी फ्रान्सको प्रतिकात्मक डि–डे समारोहमा भाग लिएपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग कांग्रेसमार्फत नयाँ सहायता प्राप्त गर्न भएको ढिलाइप्रति दुःख व्यक्त गर्नुभयो ।