विदेशी मुद्राको विनिमय दर आज कति होला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९६ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ २४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ४१ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।