पूर्वी नेपालमा अझै मनसुनको प्रभाव, केही स्थानमा भारी वर्षा
पूर्वी भूभागमा अझै मनसुनको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमतीका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका केही क्षेत्रमा मनसुनी र पश्चिमी वायुको प्रभाव रहेको छ।
यसको प्रभावले सोमबार बिहान लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ। पछिल्लो एक घण्टामा बाँकेको ढकेरीमा ५२ मिलिमिटर र बैजपुरमा २५ मिलिमिटर वर्षा मापन भएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुनसक्ने जनाइएको छ।