इनरुवाबाट २ हजार ५६६ किलो गाँजासहित दुई पक्राउ
सुनसरीको इनरुवाबाट प्रहरीले २ हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा ट्रक जाँच गर्ने क्रममा ८३ वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको हो।
प्रहरीका अनुसार बन्दागोभी बोकेको ना.७ ख १८२५ नम्बरको ट्रकका चालक सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई पक्राउ परेका छन्। दुवैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।