प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
प्रधान सेनापति अशोकराज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सोमबार बेलायत प्रस्थान गरेका छन्।
नेपाली सेनाका अनुसार उनको भ्रमण असोज २५ गतेसम्म हुनेछ। भ्रमणका क्रममा नेपाल–बेलायतबीचको दीर्घकालीन सैनिक सम्बन्ध थप सुदृढ हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।