विनोद चौधरीले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट निर्वाचित चौधरीले कांग्रेसको उपसभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
व्यावसायिक पृष्ठभूमिका चौधरी पछिल्लो समय कांग्रेस सभापति गगन थापासँग नजिकिएका छन्। १५औँ महाधिवेशनमा विभिन्न पदमा आकांक्षी बढिरहेका बेला चौधरीको उम्मेदवारीसँगै उपसभापति पदको प्रतिस्पर्धा थप हुने भएको छ।