वेत्रावतीमा बेलीब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्य
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल क्षतिग्रस्त बनाएपछि नुवाकोट–रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु गरिएको छ।
नेपाली सेनाले बुधबारदेखि ५५ जनाको टोली परिचालन गरी पुल जडान गर्ने तयारी गरेको छ। पुल दसैँको फूलपातीसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
७४ मिटर लामो र ५.५ मिटर चौडा पुलको भारवहन क्षमता ६० टन हुनेछ। पुल सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ।