प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा आवश्यक निर्णय गरिनेछ।