सुरेन्द्रराज पाण्डेले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट मानिने पाण्डे केही समयअघि कांग्रेस संस्थापन पक्षमा जोडिएका थिए।
कांग्रेसको उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा १० जनाभन्दा बढीले उम्मेदवारी घोषणा गरिसकेकाले यी पदमा निर्वाचन हुने सम्भावना देखिएको छ। सभापतिमा भने गगन थापा र किशोरसिंह राठौरले दाबी प्रस्तुत गरेका छन्।