डम्बरबहादुर खड्काले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इलामका जिल्ला सभापति डम्बरबहादुर खड्काले कोशी प्रदेश खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित उनले उम्मेदवारी घोषणा गरेका हुन्। खड्का सामाजिक सेवामा समेत सक्रिय छन्।
कांग्रेसको १५औँ महाधिवेशन राजधानीमा जारी छ भने उम्मेदवारी दर्ताको समय मंगलबारका लागि तोकिएको छ।