बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु
बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको हो। घाइते रोल्पाका २५ वर्षीय कृष्णबहादुर घर्तीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ।