इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामाबाद मार्च
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका हजारौँ समर्थकले इस्लामाबादतर्फ मार्च सुरु गरेका छन्।
खानको स्वास्थ्यबारे चिन्ता व्यक्त गर्दै उनका परिवारले जेलमा उचित उपचार नहुँदा उनको दायाँ आँखाको अधिकांश दृष्टि गुमेको दाबी गरेको छ। खानविरुद्ध १०० भन्दा बढी मुद्दा छन् भने भ्रष्टाचार मुद्दामा उनलाई १७ वर्षको जेल सजाय सुनाइएको छ। खानले आफूविरुद्धका मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको दाबी गर्दै आएका छन्।
पीटीआईका समर्थकले आइतबार लक्की मर्वतबाट मार्च सुरु गरेका हुन्। सरकार र पीटीआईबीच वार्ता निष्कर्षविहीन भएपछि स्थगित गरिएको मार्च पुनः सुरु गरिएको बताइएको छ। खान अगस्ट २०२३ देखि जेलमा छन्।