सर्लाहीमा मोटरसाइकल दुर्घटनापछि पेस्तोलसहित युवक पक्राउ
सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३३ वर्षीय तुलसी ठाकुरको साथबाट एक थान सिक्सर पेस्तोल बरामद भएको हो। जनकपुरबाट घरतर्फ आउँदै गर्दा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।