कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन समूहमा विभाजन गरिएको छ।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमाथि छलफल हुने कांग्रेसले जनाएको छ।
महाधिवेशनले आगामी चार वर्षको पार्टीको कार्यदिशा, नेतृत्व विकास, विधान संशोधन तथा पार्टी संरचनासम्बन्धी प्रस्तावमा समेत छलफल गर्नेछ।