फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त
नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार फार्मेसी परिषद्को सदस्यमा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नरिज बर्तौला नियुक्त भएका छन्। त्यस्तै, नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे विष्ट नियुक्त भएका छन्।
नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।