सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढ्यो
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको हो।
शुक्रबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५३ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ७७७ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।